NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सहकार्य ‘सुपरहिट’ बनाउने बताउँदै मोदिले गरे १० हजार मेगावाट विजुली आयातको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सहकार्य सुपरहिट बनाउने बताएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको संयुक्त पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन् ।

भारतले नौ वर्षमा नेपाललाई गरेको सहयोगको वर्णन गर्दा दिन बित्ने बताउँदै उनले सहकार्यलाई थप बलियो पार्दै लैजाने स्पष्ट पारे ।

‘प्रधानमन्त्री प्रचण्डसँग भविष्यमा पार्टनरसिपलाई सुपरहिट बनाउने निर्णय गरेको छु,’ उनले भने ।

प्रधानमन्त्री मोदीले नेपालसँग लामो सहकार्यका लागि उर्जा क्षेत्रमा पनि सम्झौता भएको जानकारी दिएका छन् ।

सोही मञ्चबाट उनले नेपालसँग लंग टर्म पावर अग्रिमेन्ट भएको बताएका हुन् । त्यसअनुसार भारतले अबको दश वर्षमा दश हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य लिएको छ । भारतले नेपालमा फर्टिलाइज प्लान्ट बनाइदिनका लागि पनि सहमति भएको उनले जनाएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष