NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

दीक्षान्त समारोहमा अमेरिकी राष्ट्रपति स्टेजमै लडेपछि…

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन दीक्षान्त समारोहमा स्टेजमै लडेका छन् । कोलोराडोस्ति अमेरिकी एयर फोर्स एकेडेमीको दिक्षान्त समारोहमा उनी लडेका हुन् ।

शारीरिक चोटपटक लाग्नबाट भने जोगिएका उनको अवस्था ठिक भएको जनाइएको छ ।

ग्राजुएट हुँदै गरेका ९२१ जनालाई हात मिलाउनका लागि उनी करिब डेढ घण्टादेखि उभिएका थिए ।

घटना घटेपछि कही बेरमै उक्त समारोहको समापन गरिएको थियो ।

उनी लडेको भिडियोप्रति टिप्पणी गर्दै उनका आलोचकहरू भने उमेरमाथि व्यंग्य गरेका छन् । राष्ट्रपति पदका लागि उनी निकै वृद्ध भएको भन्दै बाइडेनको आलोचना भइरहेको छ ।