NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चरम आर्थिक संकटको चपेटामा पाकिस्तान, एसियाकै उच्च मुद्रास्फीति

काठमाडाैं । लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानको हालत झन् खराब हुँदै गएको छ । पाकिस्तानको तथ्यांक ब्यूरोले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार, मे महिनामा वार्षिक आधारमा मुद्रास्फिति ३७.९७ प्रतिशतले बढेको छ । यसैबीच उक्त देशको विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको अवस्थामा पुगेको छ ।

इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा राजनीतिक संकट चरम सीमामा छ ।  मुलुकको मुद्रास्फीति लगातार दोस्रो महिना एसियाकै उच्च रहेको छ । अप्रिलमा मुद्रास्फीति ३६.४ प्रतिशत रहेकोमा मे महिनामा थप बढेर ३८ प्रतिशत पुगेको हो ।

खाद्य वस्तुको मूल्य उच्च

पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) को तथ्याङ्कलाई हेर्दा मुद्रास्फीतिबाट सबैभन्दा बढी प्रभावित खाद्य वस्तुहरू, आलु, गहुँको पिठो, दूध, चिया, गहुँ, अण्डा र चामल रहेका छन् ।

गैर-खाद्य वस्तुको वर्गमा पुस्तक, स्टेशनरी, मोटर इन्धन, साबुन-डिटर्जेन्ट र सलाई  मूल्य वार्षिक आधारमा उच्च वृद्धि भएको छ। यसबाहेक चुरोटको मूल्यमा पनि भारी वृद्धि भएको छ ।

त्यहाँ २० केजी आटाको मूल्य २४ सय रूपैयाँदेखि २९ सय रूपैयाँसम्म पुगेको छ । त्यस्तै दुध लिटरको १८०, चामल केजीकै २८६ रूपैयाँ छ ।