NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वैशाखसम्ममा नीर्जीवन बीमा कम्पनीको व्यवसाय ३२ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष ०७९/८० को वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १७ नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट ३२ अर्ब ६८ करोड ९६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरूले २३ लाख ५० हजार ६५२ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।

वैशाखमा मात्रै २ अर्ब ६७ करोडको व्यवसाय

चालु आवको वैशाखमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ६७ करोड ४७ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले एक लाख ८४ हजार ३१४वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।

कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको वैशाखसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

शिखरले सो अवधिमा २ लाख २४ हजार २६८ बिमालेख जारी गरी सो रूपैयाँको बीमा शुल्क संकलन गरेको हो । त्यस्तै शिखरले वैशाखमा मात्रै २० हजार ९६७ बीमालेख जारी गरी २७ करोड २० लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

शिखर इन्स्योरेन्सपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क संकलन गरेको छ ।  सगरमाथा इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा ३ अर्ब ७३ करोड ७ लाख बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा सिदार्थ प्रिमियर इन्स्योरेन्स ३ अर्ब ६४ करोड ९६ लाख रूपैयाँ बीमा शुल्क संकलन भएको छ ।

अरू नीर्जीवन बीमा कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी २ अर्ब २ करोड ५१ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स २ अर्ब ४९ ४ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ४५ करोड ९३ लाख रूपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै सानिमा जिआइसी १ अर्ब ८२ करोड ५ लाख, अजोड इन्स्योरेन्स १ अर्ब ७१ करोड २६ लाख, युनाइटेड इन्स्योरेन्स कम्पनी १ अर्ब ५४ करोड १५ लाख, आइएमइ जनरलको १ अर्ब ५१ करोड ४६ लाख रूपैयाँ बीमा शुल्क संकलन भएको छ ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी १ अर्ब २७ करोड १७ लाख, प्रभु इन्स्योरेन्स १ अर्ब २७ करोड १० लाख, एनएलजी १ करोड ९८ लाख ८० हजार, वि ओरिन्टियल १ अर्ब १६ करोड ८ लाख, प्रुडेन्सिल इन्स्योरेन्स १ अर्ब १५ करोड ८९ लाख, नेशनल इन्स्योरेन्स कम्पनी ८२ करोड ४२ लाख रूपैयाँको बीमा शुल्क संकलन भएको छ ।