NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

छालाको लागि काँक्रो र ग्लिसिरिन

एजेन्सी । घामको हानिकारक किरणबाट बच्न अधिकांश व्यक्ति सनस्क्रिनको प्रयोग गर्छन् । कोही कसैमा यसको प्रयोगले छाला पोल्ने समस्या आउँछ ।

कडा घामले छालामा डण्डिफोर, दागधब्बा, चायाँपोतो जस्ता समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थामा छालामा शितलता दिने साम्रगी लगाउनु पर्छ । जसले गर्दा पोलेको र सुख्खा भएको छालालाई राहत मिल्छ । यी मध्ये एक प्राकृतिक उपचार क्राँक्रो र ग्लिसिरीन हो । काँक्रोमा छालालाई घामको किरणबाट बचाउने तत्व हुन्छ । यसले छालालाई लामो समयसम्म हाइड्रेटेड पनि राख्छ ।

घामले छालामा रातोपनको समस्या आउँछ । यस्तोमा पनि काँक्रो लाभदायिक छ ।

काँक्रो र ग्लिसिरिनले छाला लामो समयसम्म हाइड्रेटेड हुन्छ । जसले तपाईको छालामा चमक ल्याउनुका साथै दाग पनि हटाउँछ । यसको मिश्रणले छालामा भएको चाँया र पोतो पनि कम हुन्छ ।

काँक्रोमा पाइने गुणले छालामा शीतलता प्रदान गर्छ । यसका साथै यसले पीएच स्तरलाई पनि सुधार गर्छ। यति मात्र होइन, यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ । । घामको प्रत्यक्ष किरणबाट बच्न काँक्रो उपयोगी मानिन्छ । यसले छालालाई फ्रि–रेडिकलबाट हुने क्षतिबाट रोक्छ।

बढ्दो गर्मीमा छालामा टेनिङको समस्या धेरै हुन्छ, यस्तो अवस्थामा ग्लिसरीन निकै प्रभावकारी हुन सक्छ । यसबाहेक, यी दुईको प्रयोगले छालामा नमी बनाइरख्छ र नरम बनाउँछ। साथै, यसले छालाको टोन पनि सुधार्छ। यदि तपाइँ आफ्नो छालाको टाइटनेस सुधार गर्न चाहनुहुन्छ भने पनि काँक्रा र ग्लिसरिन उपयुक्त हुन्छ । यसमा पाइने एन्टी एजिङ गुणले छालाको चाउरीपना र फाइन लाइन्सको समस्यालाई कम गर्छ।