NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जबर्जस्ती करणी प्रमाणित भए नायक पल शाहलाई १२ वर्ष जेल सजाय

काठमाडौं । नाबालिक छोरीमाथि जबर्जस्ती करणी गरेको भन्दै नायक पल शाहविरुद्ध जाहेरी दिएका छन् । जाहेरीमा लगाइएको आरोप प्रमाणित भए नायक शाहलाई १२ वर्षसम्म जेल सजाय हुने भएको छ ।

मुलुकी अपराध संहितामा १६ वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म जबर्जस्ती करणीमा जेल सजाय हुने उल्लेख छ ।

अपराध संहिता अनुसार मञ्जुरी नलिई कुनै महिलालाई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा जबर्जस्ती करणी मानिनेछ ।

यस अघि १७ वर्षिया गायिका आफैं कास्की प्रहरीमा उजुरी गर्न गएकी थिइन् । तर क्षेत्रकाधिकार तनहुँको परेपछि बुधबार अधिकारीका बाबुले  माया प्रेमको नाटक गरी पटकपटक जबर्जस्ती करणी गरेको भन्दै पलविरुद्ध उजुरी दिएका हुन् ।

जबर्जस्ती करणीमा कडा कानुनी सजायकाे व्यवस्था छ ।

यस्तो छ अपराध आचारसंहितमा नाबलिगमाथि र जबर्जस्ती करणीसम्बन्धमा तोकिएको सजाय

समीक्षाका बुवाले पलविरुद्ध दिएको जाहेरीमा के छ ?