NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अर्जेन्टिना उक्लियो, इंग्ल्याण्ड झर्‍यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार शीर्ष तीन स्थानमा कुनै परिवर्तन भएको छैन ।

यसअघि झै बेल्जियम शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।

अर्जेन्टिना एक स्थान सुधार गर्दै चौथो, स्थानमा उक्लिएको छ ।

यता, इंग्ल्याण्ड भने चौथोबाट पाँचौंमा झरेको छ ।

यस्तै, इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स १० औँ दसौं स्थानमा कायम छन् ।

नेपालले भने दुई स्थान सुधार गरेको छ ।

नयाँ वरीयताअनुसार नेपाल १६७ स्थानमा रहेकाे छ । यसअघि नेपाल १६९ स्थानमा थियो । नेपालको अंक ९८२ दशमलब २२ रहेको छ ।