NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
अन्तर्वार्ता :

अपमान र अन्याय सहेर माओवादीमै बसिरहन सकिनँ : ठम्मर विष्ट

काठमाडौं । चुनावको मुखैमा कर्णाली प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्याग गरेका छन् । माओवादी आधारभूमिका मुख्य नेताले नै पार्टी परित्याग गरेपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ ।

चैत ३ मा बसेको संसदीय दलको बैठकले आफ्नो निर्णयमा पुनर्विचार गर्न विष्टलाई तीन दिनको समय दिएको थियो । समयसीमाभित्र विष्ट पार्टीमा नफर्किएपछि माओवादी कर्णाली प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई संसदीय दलको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका छन् । आइतबार मात्र विष्टसहितका माओवादी नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् ।

विष्टले राजीनामा दिएसँगै कर्णालीमा माओवादी केन्द्र थप कमजोर भएको छ । उनी ०७४ को चुनावमा सुर्खेत १ बाट माओवादी कर्णाली प्रदेशसभा सदस्य थिए । कर्णालीमा पछिल्लो मन्त्रिपरिषद् विस्तारमा हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामालाई माओवादीले मन्त्री बनाएपछि उनी असन्तुष्ट थिए । यसै विषयमा नेपालवाचसँग पार्टी परित्यगा गर्नुको बध्यताबारे विष्टले प्रतिक्रिया दिएका छन् :

लामो सयम यसरी पार्टी चल्दैन भनेर शक्ति कामरेड, प्रचण्ड कामरेलाई सँगै राखेर पनि सहमति भएको हो । पेल्ने र ठेल्ले काम बन्द भएन । त्यही भएर पार्टीमा कति विरोध गर्नु, कति दन्तबजान गर्नु, अर्कै ठाउँमा पुगिसकेछ भन्ने मलाई लाग्यो । अनि, पार्टी परित्याग गरियो ।

चुनावको मुखमै आएर तपाईँले पार्टी छोड्नु भएछ किन ?

पार्टीमा ममाथि अपमान भयो । पार्टीमा संरक्षण अनुभूति भएन भने नेता तथा कार्यकर्ता विकल्प रोज्छन् । पार्टीभित्र लामो समय बहस भइराखेको थियो । तल्लो तहका नेतासँग भन्दा पनि केन्द्रीय नेतृत्वसँग ६ वर्षदेखि छलफल भएको थियो । उहाँहरूलाई हामीजस्ता नेता–कार्यकर्ताको कुनै आवश्यकता नै परेन । त्यसपछि ठीकै छ भन्ने विकल्प खोजेको हो ।

पार्टीले मन्त्री नबनाएकोमा तपाईंले अपमान अनुभव गर्नुभएको हो ?

होइन, त्यस्तो होइन । मलाई मन्त्रीसँग कुनै सरोकार छैन । कर्णालीमा माओवादी संसदीय दलको म प्रमुख सचेतक छु । मेरो कुनै सुनुवाइ छैन । अनेक मानिसलाई टिपेर राखिन्छ । को मन्त्री बन्छ थाहा छैन । संसद्मा पनि खल्तीका ल्याएर राखिन्छ । त्यस्तो अवस्थामा कर्मचारी भएर भत्ता असुलिराख्नु मेरो नैतिकताले दिएन । पद ओगटेर बस्ने वा काम गर्न सकिएन भनेर जनतामा जाने भन्ने मेरोअगाडि दुई प्रश्न चिन्ह खडा भए ।

व्यक्तिगत रूपमा यो प्रक्रियाबाट निस्कन मलाई घाटा छ । गाडी छोड्नु प¥यो । तलब छोड्नु प¥यो । मान, प्रतिष्ठा र मर्यादाबाट च्युत हुन प¥यो । म तत्कालै उम्मेदवार हुने पनि होइन । तर के हो भने पार्टीले गरेको अपमान र अन्याय सहन सकिएन ।

लामो सयम यसरी पार्टी चल्दैन भनेर शक्ति कामरेड (शक्ति बस्नेत), प्रचण्ड कामरेड (पुष्पकमल दाहाल)लाई सँगै राखेर पनि सहमति भएको हो । पेल्ने र ठेल्ले काम बन्द भएन । त्यही भएर पार्टीमा कति विरोध गर्नु, कति दन्तबजान गर्नु, अर्कै ठाउँमा पुगिसकेछ भन्ने मलाई लाग्यो । अनि, पार्टी परित्याग गरियो ।

आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टीले तपाईंलाई तीन दिनको समय दिएको थियो, किन फर्किन चाहनुभएन ?

पार्टीमा फर्काउने नैतिकता उहाँहरूसँग छैन । पहिला उहाँ (संसदीय दलका नेता शाही)ले सम्झौता गर्नुभयो । पछि उहाँले लत्तो छाड्नुभयो ।

मैले राखेको मुद्दामा सहमति नहुने, जवाफ दिन तयार नहुने भएपछि फर्किनुको के औचित्य छ र ? मेरो केन्द्रीय नेतृत्वसँग गुनासो हो । तल्लो तहका नेता तथा कार्यकर्तासँग केही गुनासो छन् ।

एमालेतिर लागेका विष्टलाई माओवादी केन्द्रले गर्‍यो निलम्बन

ताजा अपडेट

नेपालवाच विशेष