NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

श्रीलंका कसरी फस्यो आर्थिक संकटमा ?

काठमाडौं । श्रीलंकाले अहिले इतिहासकै सबैभन्दा गम्भीर आर्थिक संकट व्यहोरिरहेको छ । आर्थिक संकट टार्न भारत र चीनसँग ऋण सहयोग मागिरहेको छ । अर्थतन्त्र धरापमा परेसँगै देशभित्र ठूलो उर्जा संकट सामना गर्नुपरेको छ । मार्चको सुरुमा श्रीलंकाले देशमा साढे सात घण्टासम्म बिजुली कटौती गर्ने घोषणा गरेको छ । श्रीलंकाको विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक छ ।

रुस युक्रेनबीच एक महिनादेखि चलिरहेको युद्धले पनि श्रीलंकाली अर्थतन्त्रको अवस्था अझ खराब बनाएको छ । रुस श्रीलंकाको चियाको ठूलो आयातक देश हो । श्रीलंकामा रुस र युक्रेनबाट सबैभन्दा ठूलो संख्यामा पर्यटक पनि आउँछन् । भारत, चीन र रुसका सबैभन्दा धेरै पर्यटककाे गन्तव्य  श्रीलंका हाे ।

रुबलको घट्दो मूल्य, युद्ध र रुस-युक्रेनमा घट्दो चियाको आयातमा कमीका कारण पनि यसको अर्थव्यवस्थामा क्षति पुगेको छ ।

श्रीलंकामा आर्थिक संकट सुरु भएपछि सरकारी पेट्रोल पम्पमा सेना तैनाथ गरेको छ । पेट्रोलियम पदार्थको अभावका कारण देशका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । भीडमा हिंसात्मक घटना नहोस भनेर सुरक्षाका लागि सेना परिचालान गरेको हो ।

खाद्यान्न, चिनी, तरकारीदेखि औषधिलगायत सबै आधारभूत वस्तुको अभाव भएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलंकाले छिमेकी मुलुकबाट पनि यी सामान खरिद गर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंकाको इतिहासमै पहिलोपटक चरम आर्थिक संकट व्यहोरेको हो ।

श्रीलंकाको अर्थतन्त्रको प्रमुख हिस्सा यसको पर्यटन उद्योग हो । देशको कुल ग्राहस्थ उत्पादनमा यसको योगदान १० प्रतिशतको हाराहारीमा छ । तर कोरोना भाइरसको महामारीका कारण श्रीलंकामा पर्यटन गतिविधि ठप्प भयो । विदेशी मुद्राको अभावका कारण क्यानडाजस्ता धेरै देशले श्रीलंकामा लगानी रोकेका छन् ।

कोरोनाबाट पर्यटन क्षेत्रमा पुगेको क्षति बेहोर्नुका साथै श्रीलंका सरकारले गरेका केही गल्तीहरुले अर्थतन्त्रको गतिलाई सुस्त बनायो । सन् २०१९ मा नवनिर्वाचित राजपक्षे सरकारले करको दायरा कम गर्यो । कर घटाएपछि सरकारको राजस्वमा गिरावट आयो ।

ब्लूमबर्गको एक रिपोर्टअनुसार फेबु्रअरीमा एशियाली देशमा सबैभन्दा धेरै महंगी श्रीलंकामा बढेको छ । फेबु्रअरी २०२१ को तुलनामा श्रीलंकामा न् २०२२ मा खुद्रा महंगी १५ दशमलव १ प्रतिशतले बढेको छ ।

अर्को निर्णय, देशमा रासायनिक मलको खेती बन्द गर्ने आदेशले पनि विनाशकारी प्रभाव पारेको छ । विज्ञहरुका अनुसार यसले बाली उत्पादनमा उल्लेखनीय कमी ल्यायो ।

संकटको मुख्य कारणहरुमध्ये एउटा श्रीलंकाको वैदेशिक ऋण पनि हो । चीनसँग मात्रै श्रीलंकाले ५ अर्ब डलर ऋण लिएको छ । भारत र जापानसँग पनि यसको धेरै ऋण छ । श्रीलंकाले आयातका लागि महंगो डलर किन्नुपर्छ । यसले गर्दा झन धेरै ऋणमा डुबेको छ । यसले श्रीलंकाली मुद्राको मूल्य पनि घटेको छ ।

गत महिना बैंक अफ सिलोनले ४० हजार टन पेट्रोलका लागि ३५.५ अर्ब डलर तिरेको थियो । सरकारसँग भुक्तानी गर्ने पैसाको अभावमा पेट्रोलको सिपमेन्ट चार दिनसम्म कोलम्बो बन्दरगाहमा बस्यो । उक्त पेट्रोलका लागि बैंक अफ सिलोनले पैसा दिनुपर्यो ।

श्रीलंकाको केन्द्रीय बैंकको तर्फबाट फेबु्रअरीमा जारी तथ्यांकअनुसार देशका विदेशी मुद्रा भण्डार जनवरी २०२२ मा २४ दशमलव ८ प्रतिशतले घटेर २ दशमलव ३६ अर्ब डलर थियो । वैदेशिक मुद्राको सञ्चिति घटेकै बेला सन् २०२२ मा श्रीलंकालाई ७ अर्ब डलर ऋण तिर्नुपर्ने छ । मौजुदा अवस्था देख्दा श्रीलंका डिफल्ट हुने खतरामा रहेको विश्लेषण गरिएको छ ।

ब्लूमबर्गको एक रिपोर्टअनुसार फेबु्रअरीमा एशियाली देशमा सबैभन्दा धेरै महंगी श्रीलंकामा बढेको छ । फेबु्रअरी २०२१ को तुलनामा श्रीलंकामा न् २०२२ मा खुद्रा महंगी १५ दशमलव १ प्रतिशतले बढेको छ ।

लगातार गहिरो आर्थिक संकट र अत्यावश्यक वस्तुको मूल्यवृद्धिलाई लिएर श्रीलंकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ ।

चिनियाँ ऋण
श्रीलंकाले आफ्नो देशमा भौतिक पूर्वाधारको विकासका लागि चीनसँग ऋण लिएको छ । अप्रिल, २०२१ सम्म श्रीलंकामा ३५ अर्ब डलरको विदेशी कर्जा थियो । यसमा १० प्रतिशत चीनको छ । श्रीलंकाका कम्पनी र त्यसको केन्द्रीय बैंकलाई समेटेर तुलना गर्ने हो भने पनि चिनियाँ ऋण बढी हुन सक्छ ।

दक्षिणी श्रीलंकाको हम्बनटोटामा बन्दरगाह बनाउन श्रीलंकाले चीनसँग १.४ अर्ब डलर लिएको थियो । तर यो ऋण तिर्न पाएको छैन । सन् २०१७ मा एक चिनियाँ कम्पनीलाई ९९ वर्षलाई भाडामा दिइएको छ । यसका कारण पनि श्रीलंकाको स्थिति थप विग्रिएको हो ।

लगातार गहिरो आर्थिक संकट र अत्यावश्यक वस्तुको मूल्यवृद्धिलाई लिएर श्रीलंकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको छ । देशका राजनीतिक दल र नागरिक समाजले आर्थिक संकटका लागि सरकारलाई जिम्मेवार ठहर्याएका छन् । २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाका लागि बढ्दो मुद्रास्फीति नयाँ समस्या बनेको छ ।

हाल श्रीलंकाको कोलम्बालमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को बैठक भइरहेको छ । बैठकमा सहभागी हुन श्रीलंका पुगेका विभिन्न देशका मन्त्रीहरूले श्रीलंकाली सरकारका मन्त्रीसँग वित्तिय संकटबार छलफल जारी राखेका छन् ।

युक्रेन युद्धले श्रीलंका गम्भीर आर्थिक संकटमा

श्रीलंकामा आर्थिक अभावः कागज किन्न नसकेर विद्यालयको परीक्षा रद्द

आर्थिक संकटमा फसेको श्रीलंकालाई चीनले चामल दियो