लोकसेवा टिप्स : घोक्ने भन्दा पनि विधिहरू सिक्नुपर्छ

- निजामती सेवाका लागि लोक सेवाले लिने परीक्षा उत्तिर्ण गर्न सहज छैन । विद्यालय वा विश्वविद्यालयस्तरको मिहिनेतले लोक सेवाको परीक्षामा सफल हुन सकिँदैन । तसर्थ लोक सेवाको परीक्षामा सहभागी हुँदा अध्ययनमा नयाँ शैली र उपाय अपनाउनु जरुरी हुन्छ ।
- विविध विधाबाट अनेकौं प्रश्नहरू सोधिने भएकाले अध्ययनको दायरालाई फराकिलो बनाउनुपर्छ । सोही अनुसारका अध्ययन सामग्रीको जोहो गर्नु आवश्यक हुन्छ ।
- पढेका विषयमा निश्चिन्त हुनुपर्छ । खासगरी वस्तुगत प्रश्नहरूमा उस्तै – उस्तै लाग्ने उत्तरका धेरै विकल्प हुने भएकाले पढ्दा दोधार नहुने गरी निश्चित हुनुपर्छ ।
- उत्तर दिँदा सृजनात्मक र मौलिक विधि अपनाउनुपर्छ । धेरै लामो लेखेर समय खेर फाल्नेभन्दा प्रश्नले मागेअनुसारको छोटो उत्तर दिनुपर्छ ।
- अधिकांशको बानी पुस्तक मज्जाले घोक्ने हुन्छ । र, त्यही घोकेका आधारमा प्रश्नपत्रको हल गर्छन् । आफूले घोकेको प्रश्न परीक्षामा आए त ठिकै होला, तर अर्कै आयो भने प्रश्नै छाड्नुपर्ने हुन्छ । यसको समाधानका लागि घोक्नेभन्दा पनि विधिहरू सिक्न जरुरी हुन्छ । यो भनेको माछा मार्नेभन्दा माछा मार्ने विधि सिकाएजस्तो ।
- आफूलाई जस्तोसुकै प्रश्नका लागि पनि तयार राख्नुपर्छ । यस्तो आउँछ/यस्तो आउँदैन भनेर अध्ययन गरियो भने परिणाम अनपेक्षित पनि आउनसक्छ ।
‘मुकुन्दे पात्रो’ का सर्जक निरौला सचिवमा बढुवा – NepalWatch
दुर्गम रुचाउने एउटा उपसचिव – NepalWatch
दिमाग खाने लोक सेवाका ११ प्रश्न र हल गर्ने तरिका – NepalWatch
ताजा अपडेट
-
विप्लवको वडामा माओवादीले जित्दा उनका उम्मेदवार तेस्रो भएपछि …
-
कीर्तिपुरपछि तारकेश्वर पनि कांग्रेसले खोस्यो एमालेबाट
-
स्थानीय तह निर्वाचन परिणाम : कांग्रेस पहिलो, दोस्रोका लागि एमाले र माओवादीबीच प्रतिस्पर्धा !
-
भरतपुरमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा, बाजी कसले मार्ला ?
-
१० हजार मतनजिक बालेन, स्थापित र सिंहले कति–कति ल्याए ?
प्रतिक्रिया