सत्ता गठबन्धनमा भागबण्डामा सकस, फेरि सर्यो बैठक
काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेलाई सारिएको छ ।
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल र भागबण्डा मिलाउनको लागि तीन दिनयता गठबन्धनको बैठक बस्दै आएको छ । सोमबार दुई चरणमा बसेको बैठकले सिट बाँडफाँटमा दलहरूबीच भागबण्डा नमिल्दा आज साढे मा बस्ने गरी बैठक स्थगित भएको थियो ।
नेताहरूले बाहिर सहमतिको नजिक रहेको भनिरहेपनि आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूबीच सहमति नभए एक्ला–एक्लै निर्वाचनमा भाग लिने बताएका छन् । तर उनको यो अभिव्यक्तिलाई घुर्कीको रुपमा मात्र लिइएको छ ।
सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेलको प्रयास गरिहेका छन् । ६ महानगरमा कांग्रेस तीन र माओवादी, नेकपा एस र जसपाले एकएक लिने समझदारी बनेको छ । तर ११ उपमहागरपालिका महानगरपालिकाको उपमेयरमा अझै कुरा मिल्न नसकेकोले गठबन्धनको बैठक सारेको बताइएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया