३६ अंकले घट्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार
काठमाडाैं । मंगलबार उकालो लागेको नेप्से बुधबार घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा पुगेको छ । मंगलबार नेप्से १३ अंकले बढेको थियो ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६९ अंकले घटेर ४४१.०८ मा पुगेको छ । आज कुल २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै वित्त कम्पनीको सेयर मूल्य घटेका छन् । उक्त कम्पनीको सेयर मूल्य ३.८२ प्रतिशतले घटेको हो । अन्य कम्पनीहरूमा होटल तथा पर्यटन २.२५, अन्य ३.०५, सामूहिक लगानी ०.०५, बैंकिङ ०.७२, व्यापार ०.०७, विकास बैंक २.६१, जलविद्युत् २.१२, निर्जीवन बीमा १.५८, उत्पादन १.४८, लघुवित्त १.५३, जीवन बीमा १.९३, र लगानी १.५१ अंकले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै ग्रिन भेञ्चर्स र जलपा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै आज सबैभन्दा बढी नेष्ठो समृद्द लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया