NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

७५३ स्थानीय तहमा ९ दल र स्वतन्त्रबाट कुन पदमा कति उम्मेदवार ?

एमालेको हाराहारीमा कांग्रेसले दिएकाे संख्याले देखाएन तल्लो तहमा चुनावी तालमेल

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ पालिकामा सबै पदमा गरी एक लाख ५१ हजार सात सय ५६ जनाको उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी उम्मेदवार दिने दल एमाले बनेको छ । एमालेले ३३ हजार २ सय ५७ उम्मेदवार अघि सारेको छ ।

कांग्रेसले एमालेभन्दा दुई हजार कम संख्यामा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनसँग तालमेल गरे पनि कांग्रेसको यो संख्याले महानगर, उपमहानगर, नगरपालिका र केही गाउँपालिकाबाहेक वडा तहमा चुनावी तालमेल प्रभावकारी नभएको देखाउँछ ।

कांग्रेसले ३१ हजार दुई सय २० उम्मेदवार अघि सारेको छ । माओवादीकाे उम्मेदवार संख्या २२ हजार ६८ छ ।

माओवादीपछि स्वतन्त्रबाट उम्मेदवारी दिने धेरै देखिएका छन् । स्वतन्त्रबाट सबै पदमा गरी १२ हजार ६ सय ४६ ले उम्मेदवारी दिएका छन् ।

राप्रपाले एकीकृत समाजवादीको भन्दा बढी स्थानमा उम्मेदवारी दिएको छ । राप्रपाले १२ हजार ५ सय ४५ र नेकपा एसले ११ हजार दुई सय चारको संख्यामा उम्मेदवारी दिएको छ ।

नेकपा एसको चुनावी तस्बिर : दाबी एक नम्बर, उम्मेदवारीमा राप्रपाभन्दा कमजोर

जसपाले ९ हजार तीन सय ५४ स्थानमा उम्मेदवारी दिएको छ ।

सिके राउतको जनमत पार्टीले लोसपाको भन्दा बढी संख्यामा उम्मेदवारी दिएको छ । जनमत पार्टीले ५ हजार सात सय ४२ संख्यामा उम्मेदवारी दिएको छ । लोसपाले ४६७० स्थानमा मात्रै उम्मेदवारी दिएको छ । राउतको पार्टी कान्छोमध्येको पार्टी हो । तर उसले लोसपाको भन्दा पनि बढी उम्मेदवार उठाएको हो ।

मंगोल नेसनल अर्गनाइजेसनले १७२७ संख्याको उम्मेदवारी दिएको छ ।

कुन दलका जम्मा उम्मेदवार कति ?

एमाले ३३२५७
कांग्रेस ३१२२०
माओवादी २२०६८
स्वतन्त्र १२६४६
राप्रपा १२५४५
एकीकृत समाजवादी ११२०४
जसपा ९३५४
जनमत पार्टी ५७४२
लोसपा ४६७०
मंगोल नेसनल अर्गनाइजेसन १९२७

सबै दल र स्वतन्त्रले कुन पदमा कति उम्मेदवारी दिए ?