NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गृहमन्त्री खाँणले प्रचण्डपुत्री रेनुविरुद्ध उठेका बागी उम्मेदवारलाई भेटे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा उठाएकी रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।

पौडेललाई भेट्न कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँण बिहीबार भरतपुरस्थित उनकै निवास गएका थिए । खाँणसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि थिए ।

भरतपुरको मेयरमा कांग्रेसलाई पाखा लगाएर माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई उठाइएकोमा असन्तुष्टि जनाउँदै पौडेलले उम्मेदवारी दिएका हुन् ।

रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

गृहमन्त्री खाँणले यसअघि पौडेलका प्रस्ताव कृष्णलाल सापकोटालाई भेटेका थिए । कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सापकोटालाई भेटेर खाँणले पौडेलको उम्मेदवारी फिर्ता गराउन पहल गर्न आग्रह गरेका थिए ।

प्रचण्डपुत्री रेनुविरुद्ध उम्मेदवारी दिएका कांग्रेस नेताका घर–घर चहार्दै गृहमन्त्री खाँण

बागी उम्मेदवार पौडेललाई पनि खाँणले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको उनीनिकट स्रोतले जनाएको छ ।

यसैबीच, सभापति शेरबहादुर देउवाले पनि एक अपिल जारी गर्दै सबै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह (पूर्णपाठसहित)