NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माेदी र डेनमार्ककी प्रधानमन्त्रीका तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । सोमबार तीन दिने युरोप भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकसनसँग भेट गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

युरोप भ्रमणका क्रममा मोदीले दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् । तस्बिरमा दुवै देशका समकक्षी शान्त वातावरणमा हिँड्दै कुराकानी गरेको देखिन्छ । धेरैले राष्ट्रप्रमुख भएर पनि उनीहरुले देखाएको सरलताको तारिफ गरेका छन् ।

मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग पनि कोपनहेगनस्थित राजदरबारमा भेटवार्ता गरेका थिए ।  प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ सम्भावनाहरुका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उनले डेनमार्कमा छलफल गरेका थिए ।

भारतका प्रधानमन्त्री मोदी र डेनमार्ककी रानीबीच भेट