NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

फिल्म केजिएफका अभिनेताको निधन

काठमाडौं । अभिनेता तथा हास्यकलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । शनिबार बेंगलुरुको अस्पतालमा उनको निधन भएको हो ।

शंकर नागको वाल पोस्टरबाट फिल्म डेब्यू गरेका उनले आफ्नो क्यारिअरमा तमिल, तेलुगु र मलायालम उद्योगहरुमा १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेका छन् ।

उनीे फिल्ममा खलनायकको साथै हास्य भूमिकाहरुमा पनि परिचित थिए । उनको सबैभन्दा सम्झिनलायक फिल्ममध्ये एक चेल्लाता हो ।

उनले दर्शन, उपेन्द्र, पुनीत राजकुमार, अम्बरीश, शिवराजकुमार लगायतका धेरै चर्चित स्टारहरूसँग काम गरेका थिए । उनी हालै ब्लकबस्टर केजिएफका दुवै च्याप्टरमा देखिएका थिए ।

केजिएफ-२ हेर्न गएका युवकलाई हलभित्रै गोली प्रहार

केजिएफ-२ : यस्तो छ ‘कोलार गोल्ड फिल्ड्स’को इतिहास