NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जिम्बावेविरुद्ध नेपालले सानदार जित निकाल्दा कसले कस्तो खेले ?

काठमाडौं । जिम्बावे ’ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा ९ विकेटको सानदार जित निकाल्दा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जिम्बावेलाई ८७ रनमा समेट्ने क्रममा नेपालका बलरहरू करण केसी र सोमपाल कामीले उत्कृष्ट बलिङ गरे । प्लेयर अफ दि म्याच भएका करणले ८ ओभरमा किफायती बलिङ गर्दै ३ विकेट लिए ।

यस्तै, समान ३ विकेट लिएका सोमपालले ७ ओभर बलिङ गर्दा १६ रनमात्र खर्चिए ।

यसैगरी, कप्तान सन्दीप लामिछानेले ८.५ ओभरमा २६ रन खर्चँदै २ विकेट लिए ।

त्यस्तै, सागर ढकालले ८ ओभर बलिङ गरेर २७ रन खर्चिएर १ विकेट लिए ।

जिम्बावेले दिएको दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.१ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले ३८ बलमा सर्वाधिक ३८ रन बनाए ।

यस्तै, अर्का ओपर आसिफ शेखले ३१ बल खेल्दै अविजित रहँदै ३४ रन जोडे । यसैगरी, विनोद भण्डारीले अविजित रहँदै ३ बलमा ४ रनको योगदान दिए ।

जिम्बावेको टोलीमा टेस्ट क्रिकेट खेलेका केही खेलाडीसमेत समेटिएका छन् ।

जिम्बावेविरुद्ध नेपालको ९ विकेटको रवाफिलो जित