NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्रशिक्षक-खेलाडी विवाद छानबिन गर्न एन्फाले बनायो कार्यदल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडी विवादबारे छानबिन गर्न कार्यदल गठन गरेको छ ।

विवाद भएको करिब दुई सातापछि एन्फाले आइतबार कतीन सदस्यीय कार्यदल गठन गरेको हो ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले नेपाली सेनाका पूर्वरथी भिक्टरशमशेर राणाको संयोजकत्वमा तीन सदस्यीय ‘समस्या, पहिचान र सुझाव’ कार्यदल गठन गरेको छ ।

कार्यदलमा पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य छन् ।

कार्यदललाई एक साताको समसयसीमा दिइएको छ ।

भारतबाट ल्याइएका गोलकिपरले पनि छोडे राष्ट्रिय टोलीको प्रशिक्षण