मतसंकेत सार्वजनिक गरेका बाबुरामलाई हुनसक्छ १५ हजार जरिवाना
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई मतसंकेत सार्वजनिक गरेकोमा १५ हजार रुपैयाँ जरिवाना हुन सक्ने दखिएको छ । डा. भट्टराईले स्वस्तिक छाप नै देखिनेगरी मत सार्वजनिक गरेका छन् ।
निर्वाचन कसूर तथा सजाय ऐन २०७३ अनुसार मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । ऐनअनुसार कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।
उपदफा(१) अनुसार यस्तो कार्य गरेमा व्यक्तिलाई मतदान अधिकृतले पन्ध्र हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ । त्यस्तै यस्तो कार्य गरेको अवस्थामा कसैले मतपत्र मतपेटिकामा खसाली नसकेको भए मतदान अधिृकतले त्यस्तो मतपत्रलाई छ्ट्टै खाममा राखेर त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी सीलबन्दी गरी मुल्चुका खडा गरी राख्नुपर्नेछ ।
ऐनअनुसार त्यस्तो मतपत्र गणना गरिने छैन । आफ्नो आधिकारिक फेसबुकमार्फत उनले मत दिँदै गरेको केही थान तस्विर सार्वजनिक गरेका थिए । जसमध्ये एक तस्विरमा उनले स्वस्तिक छाप नै देखिएको फोटो सार्वजनिक भएको छ ।
निर्वाचन आचारसंहिता अन्तर्गत मतदातालाई मतदानस्थलभित्र मोबाइल लैजान निषेध गरिएको छ । तर, डा.भट्टराईले भने स्वस्तिक चिह्न नै देखिनेगरी मतपत्र सार्वजनिक गरेका हुन् । डा.भट्टराईले गोरखाको पानपा १ अन्नपूर्ण माविस्थित बुथबाट विहान भोट हालेका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया