NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एउटा पालिका जितेपछि विवेकशीलले भन्यो- ‘हामी गौरवान्वित छौं’

काठमाडौं । स्थानीय तह निर्वाचनमा निराशाजनक परिणाम भोगेको विवेकशील साझा पार्टीले बारा जिल्लाको एक गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेपछि गौरवान्वित भएको प्रतिक्रिया दिएको छ ।

पार्टीले सामाजिक सञ्जाल फेसबुकमा फेटा गाउँपालिकाको नेतृत्व गर्नु पाउनु पार्टीका लागि ऐतिहासिक अवसर भएको उल्लेख गरेको छ । विजयी भएका प्रमुख रुस्तम अन्सारी र उपप्रमुख निलम साहलाई बधाई एवं शुभकामना पनि पार्टीले दिएको छ ।

विवेकशीलले सोही गाउँपालिकाको वडाध्यक्षमा क्रमशः वडा नम्बर ३ र ६ मा प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।

पार्टीले लेखेको छ, ‘हाम्रै जिवनकालमा यो देश रुपान्तरणले गति लिन सकोस् हामीलाई साथ दिनुहुने सम्पुर्ण मतदाता,नेता ,सदस्य एवं शुभेच्छुकहरु प्रति अत्यन्तै आभारी छौं ।’

 

विवेकशीलले पहिलो गाउँपालिका प्रमुख जित्यो