NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विश्वका १२ देशमा फैलिइसकेकाे मंकीपक्स भाइरस के हो ? कसरी सर्छ ?

काठमाडौं । कोरोना भाइरसको महामारी सकिन नपाउँदै पश्चिमेली मुलुकमा मंकीपक्सको प्रकोप फैलिएको छ । मंकीपक्स भाइरस दुर्लभ भाइरल संक्रमण हो । सन् १९५८ मा यो भाइरस बाँदरमा पाइए पछि यसको नाम मंकीपक्स राखिएको थियो । सन् १९७० सम्ममा यो भाइरस मानिसमा सर्यो । त्यतिवेला अफ्रिकाका १० वटा देशमा फैलिएकाे थियाे ।

सन् २००३ मा पहिलाेपटक अफ्रिकाबाहिर अमेरिकामा यसकाे संक्रमण देखिएकाे थियाे ।

विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशमा मंकीपक्स फैलिसकेको जानकारी दिएको छ ।

बेलायत, इटाली, स्पेन, स्वीडेन, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युरोपका ९ मुलुकमा हालै यो भाइरस संक्रमण देखा परेको छ । मंकीपक्स दशकौंदेखि अफ्रिकी मुलुकमा फैलिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ८० जनामा मंकीपक्स देखिएको छ भने ५० जना भाइरसको शंकास्पद बिरामी रहेका छन् ।

भाइरस कसरी फैलियो भन्ने बारे केही पत्ता लागेको छैन । स्वास्थ्य अधिकारीले डराउनु पर्ने स्थिति नभए पनि सर्तक रहन आग्रह गरेका छन् ।

कसरी सर्छ ?

उक्त भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै नसर्ने तथा व्यापक रुपमा फैलने जोखिमसमेत कम भएको विज्ञहरु बताउँछन् । मंकीपक्स भाइरस भएका जनावारहरु बाँदर, मुसाबाट सर्ने गर्छ । साथै भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका मानिसमा रगत, छाला, श्वासनली,आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्छ ।

मंकीपक्सका लक्षणहरु

मंकीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु तथा मांशपेशी दुख्नु आदि लक्षण देखापर्छन् । त्यस्तै ज्वरापछि अनुहार हुँदै शरीरका भागमा डाबर देखापर्ने गर्दछन् ।

मंकीपक्सको अहिलेसम्म दुई वटा भेरिएन्ट पहिचान गरिएको छ । एकमध्ये अफ्रिकामा फैलिएको भेरिएन्टले बिरामीमा धेरै लक्षण देखाउँछ र दोस्रो पश्चिमी अफ्रिकामा भेटिएको छ । यसको संक्रमण भएका मानिसमा सामान्य लक्षण देखिन्छ ।

यसको अहिलेसम्म कुनै उपचार छैन । तर संक्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् । यसका लागि बिफरविरूद्धकाे खाेप प्रभावकारी मानिएकाे छ र त्यही खाेपकाे प्रयाेग गरिएकाे छ ।

 

कोरोना, मंकीपक्स र युक्रेन युद्ध विश्वका लागि ठूलो चुनौती

ताजा अपडेट

नेपालवाच विशेष