स्वतन्त्र साम्पाङले कांग्रेसका राईलाई भारी मतले जिते, कति छ मतान्तर ?
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका मेयरमा लौरो चिन्ह लिएर विजयी भएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले आफ्ना विपक्षीलाई भारी अन्तरले पछि पारेका छन् ।
धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी – NepalWatch
सम्पाङले कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई पछि पार्दै विजयी भएका थिए । तर, मतान्तर आइसकेको थिएन । साथै, औपचारिक घोषणासमेत बाँकी थियो ।
अहिले अन्तिम नतिजा आएको छ । जसमा स्वतन्त्र उम्मेदवार साम्पाङले निकटम प्रतिद्धन्द्धी कांग्रेसका राईलाई ४७६२ मतान्तरले पछि पारेका छन् ।
उनले २०८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राई १६०५९ मतमा रोकिए ।
त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भएका छन् । उनले २०५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।
एमाले–कांग्रेसको वर्चश्व तोड्दै हर्क साम्पाङले धरानलाई यसरी दिलाए लौरोको सहारा ! – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया