NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गौतम बुद्ध विमानस्थलमा जजिरा एयरको विमान चरासँग ठोक्कियो

भैरहवा । भैरहवाको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको बताइएको छ ।

जहाजको नोजमा केही रगतको दाग देखिएकाले चरा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ ।

बिहान २ बजे १ सय २१ यात्रु लिएर अवतरण गरेपछि पुनः करिब ६० यात्रु लिएर उडान भर्ने तयारीमा हुँदा जहाजको अगाडी भागमा रगत देखिएपछि विमान उडानमा ढिलाई भएको छ ।

अहिले यात्रुहरुाई होटलमा राखिएको छ । चरा ठोक्किएको हो वा अन्य कारणले भन्ने पुष्टि गर्न चेकजाँच गरेपछि मात्रै उडान गरिनेछ । यसका लागि काठमाडौंबाट प्राविधिक बोलाइएको विमानस्थलले जनाएको छ ।

जजिरा एयरलाइन्सले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । विमानस्थलबाट जेठ २ गतेदेखि औपचारिक रुपमा उडान सुरु गरिएको हो ।

 

मोदी किन आएनन् नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट ?

गौतम बुद्ध विमानस्थल सञ्चालन, कुवेतबाट पहिलाे उडान