साम्पाङले खाए सपथ
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर (प्रमुख) हर्क साम्पाङले सोमबार शपथ ग्रहण गरेका छन् । उनले सदरमुकाम इनरुवा गएर सपथ लिएका हुन् ।
नवनिवार्चित प्रमुख साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका थिए ।
उनले दौरा–सुरुवाल, ढाकोटी र स्टकोट लगाएर सपथ लिएका छन् । कोट भने लगाएका थिएनन् । स्थानीयता झल्काउन स्टकोटमात्र लगाएर सपथ लिइएको बताइएको छ ।
गठबन्धनको तर्फबाट उठेका कांग्रेसका किशोर राई र मञ्जु भण्डारी सुवेदीलाई भारी मतले पछि पार्दै प्रमुखमा साम्पाङ विजयी भएका हुन् ।
यसलाई अप्रत्यासित नतिजाको रुपमा हेरिएको छ ।
स्वतन्त्र साम्पाङले कांग्रेसका राईलाई भारी मतले जिते, कति छ मतान्तर ? – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया