NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो

काठमाडौं । स्ट्राइकर नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तान तोकिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको स्थानमा नवयुगलाई कप्तानीको जिम्मेवारी दिएका हुन् ।

एएफसी एसियन कप छनोटमा जानुअघि बिदाइ कार्यक्रममा उनलाई एन्फाले आज कप्तान घोषणा गरेको हो ।

अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप छनोटको प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले १० जना खेलाडीलाई टिमबाट निकालेका थिए ।

माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका किरणले निकालिएका खेलाडीको समर्थनमा अभिव्यक्ति दिएपछि उनलाई पनि टिममा स्थान दिइएको छैन ।

नेपालले जुन ८ देखि १४ सम्म छनोट खेलहरू खेल्नेछ । जुन ८ मा नेपालले जोर्डन, ११ मा कुवेत र १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ ।

छानबिन समितिले भन्यो : अलमुताइरीको विकल्प खोज्नू – NepalWatch