NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित सुनिता डंगोलले आफूलाई विश्वास गरेर विजयी गराउने सबैको भरोसा टुट्न नदिने बताएकी छन् ।

उनले एक विज्ञप्तिमार्फत् आफूमाथि गरेको परीक्षामा सफल हुनैपर्ने महत्वपूर्ण जिम्मेवारी पाएको अनुभूति गरेको बताएकी छन् साथै आफ्ना कार्यभारहरु इमान्दारिताका साथ कर्तव्यनिष्ठ भई पूरा गर्ने पनि बताएकी छन् ।

उनले मतदाता एवं काठमाडौंबासीको विश्वासलाई शीरमा राख्दै शासक नभइ सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले काठमाडाैं र विकासका लागि आफू कहिले पनि बाधक नबन्ने बनाएकी छन् ।

काठमाडौं महानगरको मेयर पदमा पराजित भएपछि के भने स्थापितले ?