NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मिरुनालाई अभन्द्र व्यवहार गरेको आरोप लागेका युवा रिहा

काठमाडौं । ‘कबड्डी –४’ की अभिनेत्री मिरुनालाई अभन्द्र व्यवहार गरेको आरोप लागेका युवा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका फुर्पा तामाङलाई आज रिहाइ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको रोहबरमा तामाङलाई रिहा गरिएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
अभद्र व्यवहारको कसुरमा तामाङमाथि प्रहरीको अनुसन्धान भने जारी रहने उनले भनाइ छ ।

तामाङले सुन्धारास्थित सिभिल मलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।

तामाङको पक्षमा प्रदर्शन भएपछि आज उनलाई रिहा गर्न दबाव बढेको बताइएको छ ।

कसले च्यात्यो ‘कबड्डी –४’को पोस्टर ? – NepalWatch