NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यसकारण म प्रतिकारमा उत्रिएँ : मिरुना मगर

काठमाडौं । अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले एक युवाले आफूमाथि गरेको दुव्र्यवहारबारे सार्वजनिक रुममा बोलेकी छिन् । उनले एक युट्यब च्यानललाई अन्तर्वार्ता दिँदै फुर्पा तामाङले आफूलाई पटक–पटक दुर्व्यवहार गरेको कारण आफू प्रतिकारमा उत्रिएको बताएकी छिन् ।

यस्तो छ उनको भनाइ :

सुन्धारास्थित सिभिल मलको कार्यक्रममा धेरै भिड थियो । म प्यानहरूसँग सेल्फी खिचिरहेकी थिएँ । त्यो क्रममा हल्का छुने त भइहाल्छ नि ! यो मैले पनि बुझेकी छु । म अगाडि फर्किएर फोटो खिच्दै थिए । पछाडि कसैले देब्रे साइडमा चिमोटेको फिल गरे । भिडमा त्यतिकै महसुस भएको होला भनेर केही हच्किए । पहिलो पटक यस्तो हुँदा दुर्व्यवहार भएको होइन होला जस्तो लागेको थियो ।

एकपटक भयो होइन होला भनेर केही पर सरेँ, अर्कोपटक फेरि त्यस्तै अलि बढी भयो । फेरि होइन, सार्वजनिक ठाउँमा यस्तो हुँदैन भन्ने सोचेर अलिकति सरेँ । तेस्रोपटक एकदमै दुख्ने गरेर पक्रिएपछि प्रतिकारमा उत्रिएकी हुँ । प्रतिकारको सुरुमै आफूले एक थप्पड हानेकी थिएँ ।

थप्पड हानेपछि उनलाई भिक्षुकको भेषमा देख्दा झन् रिस उठ्यो । मैले अभिनेत्रीको रूपमा भन्दा पनि दाजुभाइलाई सिकाउनु पर्ने दिदीबहिनीको रूपमा गाली गरेको र आइन्दा कसैलाई छुने होइन भनेर छोडेकी थिएँ ।

त्यहाँ धेरै भिड भएकाले यस विषयले मलाई लाज भयो । बाहिर निस्किएर रोएँ पनि । मैले कमजोर फिलसमेत गरे । फेरि यो सही भएन भन्ने लाग्यो । फर्केर हेर्दा त्यो व्यक्ति हाँसेर डुलिरहेको देखेपछि झन् रिस उठ्यो । त्यसपछि कानुनको सहारा लिएकी हुँ । उनलाई प्रहरीमा बुझाएपछि विभिन्न माध्यमबाट दबावसमेत आयो ।

मिरुनालाई अभन्द्र व्यवहार गरेको आरोप लागेका युवा रिहा – NepalWatch