NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मिरुना र फुर्पाबीच कुरा मिल्यो (सहमतिपत्रसहित)

काठमाडौं । खराब नियतले छोइएको प्रकरणमा ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगर र आरोपी फुर्पा तामाङबीच समझदारी भएको छ ।

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । दुवैले आ–आफ्नो गल्ती स्वीकारेपछि सहमति भएको बताइएको छ ।

सहमतिपत्रमा मिरुना र फुर्पासँगै ‘कबड्डी ४’ टिम र बौद्ध धर्मगुरूहरूको हस्ताक्षर छ ।

सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गर्दै मिरुनासँग माफी मागेका छन् । यस्तै, मिरुनाले पनि भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

हेरौं सहमतिपत्र :

‘कबड्डी –४’को प्रदर्शन रोक्न माग गर्दै विकास बोर्डमा उजुरी – NepalWatch