दक्षिण कोरियाको पोस्टमा ब्राजिलका झण्डै आधा दर्जन गोल
काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरियाको पोस्टमा ब्राजिलले झण्डै आधा दर्जन गोल हानेको छ ।
केहीबरअघि सम्पन्न खेलमा घरेलु टोली दक्षिण कोरियालाई ब्राजिलले ५–१ गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा नेयमारले दुई तथा रिचार्लिसन, फिलिप काउटिन्हो र गाब्रियल जेससले एक–एक गोल गरे । नेइमारले दुवै गोल पेनाल्टीमा गरेका हुन् ।
ब्राजिलले एक गोलको अग्रता लिएको अवस्थामा ह्वाङ वि जोले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काएका थिए । तर, पछि ब्राजिलले चार गोल गर्दै सहज जित निकालेको हो ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको दक्षिण अमेरिकी टोली ब्राजिल विश्वकप तयारीका लागि अहिले एसिया भ्रमणमा छ। अब उसले जापानसँग अर्को खेल खेल्दैछ ।
लण्डनमा अर्जेन्टिना र इटालीबीचको खेल चलिरहँदा बालेन र हर्कको तस्बिर प्रदर्शन – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया