NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

मिलापत्रमा मिरुनासँग माफी मागेका फुर्पाले बोली बदले

काठमाडौं । कबड्डी ४ की अभिनेत्री मिरुना मगरलाई ‘ब्याड टच’को आरोप लागेर माफी मागेका बौद्ध भिक्षु फुर्पा तामाङले बोली बदलेका छन् । उनले बोली बदलेको भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ ।

अभिनेत्री मिरुनाले चलचित्र चलाउन र आफूलाई बचाउन माफी मागिदिन रोइकराइ गरेका कारण आफूले मिलापत्रमा हस्ताक्षर गरेको उनले बताएका छन् ।

‘१५ मिनेट पछि हामी मिलेको कापी आएन भने फिलिम बन्द गर्ने कुरा आएको मिरुनाले रुँदै बताइन् । उहाँले छिटो मिलापत्र गरौँ भनेपछि मलाई माया लाग्यो । केही हुँदैन होला भनेर उनलाई बचाउन मैले मिलापत्रमा हस्ताक्षर गरेँ,’ उनले भनेका छन्, ‘उनीहरूलाई पनि चलचित्र चलाउनुपर्ने थियो । चलचित्र र मिरुनालाई बचाउनलाई मैले मेरै गल्ती भएको भनेँ । मान्छेहरूले उहाँलाई धेरै गाली गरे । उहाँलाई त्यसबाट बचाउनलाई मैले माफी मागेको कागज बनाइएको हो ।’

नायिका भनेर सबैले सेल्फी खिचिरहेकाले आफू पनि मिरुनाको छेउमा गएर तस्बिर खिचेको त्यहीबेला आफूले नजानेरै उनलाई छोएको हुनसक्ने फुर्पाले बताएका छन् ।

मिरुनाले एक्कासी गाली गर्दै पिटेपछि आफूले डराएर माफी मागेको उनको भनाइ छ ।

यस्तो थियो मिलापत्र :

मिरुना र फुर्वाबीच कुरा मिल्यो (सहमतिपत्रसहित) – NepalWatch