NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते
विश्वकप छनोट

कतार विश्वकपमा अझै दुई टोली छनोट हुन बाँकी, यी हुन् छानिएका ३० राष्ट्र

काठमाडौं । यसै वर्ष कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि छनोट हुने देशको संख्या ३० पुगेको छ ।

युक्रेनलाई पराजित गर्दै ६४ वर्षपछि वेल्स छनोट हुन सफल भएसँगै संख्या ३० पुगेको हो ।

अब दुईवटा देशले विश्वकपमा स्थान बनाउन बाँकी छ । एसिया छनोटको प्ले अफमा पुगेका अष्ट्रेलिया र युएईको विजेता तथा दक्षिण

अमेरिकी देश पेरूबीचको खेलको विजेताले विश्वकपमा स्थान बनाउने छ । अष्ट्रेलिया र युएईबीचको खेल जुन ७ मा हुनेछ । यस्तै अन्तिम छनोट खेल जुन १३ मा हुनेछ ।

यसैगरी, कन्काकाफ क्षेत्रको कोस्टारिका र ओसियाना क्षेत्रको न्युजिल्याण्डबीचको प्ले अफ विजेताले पनि विश्वकपमा स्थान बनाउने छ । यो खेल जुन १४ मा हुँदैछ ।

३२ देश सहभागी हुने विश्वकपमा एसियाली राष्ट्र कतार भने आयोजकको रूपमा सन् २०१० मै खेल्ने निधो भइसकेको थियो । कतारले मतदानमा बाजी मार्दै आयोजक बनेको थियो ।

बाँकी ३१ देशमा युरोपबाट १३, एसियाबाट चार वा पाँच, अफ्रिकाबाट पाँच, दक्षिण अमेरिकाबाट चार वा पाँच, उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट तीन वा चार र ओसियानाबाट शून्य वा एक टोली छनोट हुन्छन् ।

यसको अर्थ दुई टोली अन्तरमहादेशीय प्ले अफबाट छनोट हुनेछन् ।

यस क्रममा युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्याण्ड, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल, पोल्याण्ड र वेल्स छनोट भएका छन् ।

दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वेले विश्वकपमा स्थान बनाएका छन् ।

यस्तै अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन छनोट भएका छन् ।

यसैगरी, एसियाबाट आयोजक कतार, इरान, दक्षिण कोरिया जापान र साउदी अरेबियाले छनोट चरण पार गरेका छन् ।

उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् ।
अब दुई देश छानिन बाँकी छन् ।

अहिलेसम्म ब्राजिलले पाँच, जर्मनी र इटालीले चार–चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुई–दुई तथा स्पेन र इंल्याण्डले एक–एकपटक विश्वकपको उपाधि जितेका छन् ।

छानिएका ३० देशको सूचि :

१. कतार
२. ब्राजिल
३. जर्मनी
४. डेनमार्क
५. फ्रान्स
६. बेल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्याण्ड
११. स्विट्जरल्याण्ड
१२. नेदरल्याण्ड्स
१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया
१६. जापान
१७. साउदी अरेबिया
१८. इक्वेडर
१९. उरुग्वे
२०. क्यानडा
२१. घाना
२२. सेनेगल
२३. पोर्चुगल
२४. पोल्याण्ड
२५. ट्युनिसिया
२६. मोरक्को
२७. क्यामरुन
२८. अमेरिका
२९. मेक्सिको
३०. वेल्स ।

यसैबीच, गत अप्रिल १ मा विश्वकपको समूह विभाजन पनि भइसकेको छ । गएराति मात्र छनोट भएको वेल्स विश्वकपको समूह बीमा परेको छ । यो समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान छन् ।

हेरौं समूह विभाजन :

World Cup 2022: World Cup 2022 draw: The eight groups in Qatar | Marca

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा – NepalWatch