NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपालले दिएको झिनो लक्ष्य पछ्याउँदै हङकङ

काठमाडौं । एसिसी महिला टि–ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको झिनो लक्ष्य दिएको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२, विन्दू रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाउनबाहेक अन्य ब्याटरले दाहोरो अंकको रनसमेत भेट्टाउन सकेनन् ।

यता, हङकङले भने १० ओभरमा एक विकेटको क्षतिमा ७१ रन बनाएको छ ।

नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ । आजको खेल जिते समूह विजेता बन्नेछ ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल – NepalWatch