नेपालले दिएको झिनो लक्ष्य पछ्याउँदै हङकङ
काठमाडौं । एसिसी महिला टि–ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङलाई जितका लागि ११० रनको झिनो लक्ष्य दिएको छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन मात्र बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२, विन्दू रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाउनबाहेक अन्य ब्याटरले दाहोरो अंकको रनसमेत भेट्टाउन सकेनन् ।

यता, हङकङले भने १० ओभरमा एक विकेटको क्षतिमा ७१ रन बनाएको छ ।
नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ । आजको खेल जिते समूह विजेता बन्नेछ ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टि–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
एसीसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुग्यो नेपाल – NepalWatch
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया