रविले पार्टी खोलेपछि रवीन्द्रको यस्तो सन्देश
काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले सञ्चारकर्मबाट विदा दिँदै पार्टी खोलेका रवि लामिछानेलाई शुभकामना दिएका छन् ।
पूर्वपत्रकारसमेत रहेका मिश्रले पार्टी निर्माणका क्रममा आफूहरूले गरेका गल्तीबाट सिक्न लामिछानेलाई आग्रह गरेका छन् ।
‘‘प्रिय रवि, तिमी सानै हुँदादेखि चिनेकोले मैले ’तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी । मैले आशा गरेका थोरै मान्छेमा पर्छौ तिमी । पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु !’’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
लामिछानेले आजै मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नाम नयाँ दल गठन गरेका छन् ।
मिश्रले भने गत स्थानीय चुनावमा पार्टीले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया