इच्छाराजलाई छुटाउन न्यायाधीश र वकिलबीचको घूस मोलमोलाइ छानविन गर्न समिति गठन

काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन २ करोड मोलमोलाइ गरेको विषयमा न्यायाधीश र अधिवक्ताबीच भएको अडियोको सम्बन्धमा छानविन गर्न गर्न समिति गठन भएको छ ।
न्यायपरिषद्को बैठकले काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको मोलमोलाइसम्बन्धी अडियो र समाचारबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
छानविन समितिको संयोजक रामप्रसाद श्रेष्ठलाई तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।
यो घूस प्रकरणबारेको १० हाराहारीको अडियोबारे समाचार न्युज २४ टेलिभिजनले मंगलबार प्रसारण गरेको थियो ।
जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ न्युज २४ टेलिभिजनमा प्रसारण भएको थियो।
तर काेइरालाले अनुचित कार्य नगरेकाे सामाजिक संजालमा लेख्दै छानविनमा सहयाेग गर्ने प्रष्ट्याएका छन् ।
इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !
ताजा अपडेट
-
बहुभाषिक नाट्य उत्सव शुरु
-
सिरहामा गोली चल्यो, एकजना घाइते
-
बझाङमा जिप दुर्घटना : चालकसहित ६ जना घाइते
-
प्रधानमन्त्रीद्वारा एकीकृत समाजवादीका मन्त्री हेरफेर
-
गायक राईले दिए मेयर साम्पाङलाई बुद्धको मुर्ति
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया