NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विश्वकप आउन पाँच महिना बाँकी छँदै १८ लाख टिकट बिक्री, यी हुन् बढी किन्ने १० राष्ट्र

काठमाडौं । यसै वर्ष कतारमा हुन गइरहेको विश्वकप फुटबलका लागि हालसम्म १८ लाख टिकट बिक्री भइसकेको विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ ।

अहिलेसम्म दुई चरणमा टिकट बिक्री भइसकेको छ । विश्वकप सुरु हुन पाँच महिना छँदै १८ लाख टिकट बिक्री भइसकेको हो ।

टिकट बिक्रीबाट उत्साहित भएको फिफाले जाडो महिनामा पहिलोपटक हुन लागेको यो विश्वकप सबैभन्दा विशेष हुने दाबी गरेको छ ।

अग्रिम बुकिङ खुला गरेदेखि नै विश्वभरमा दर्शकले विश्वकप हेर्ने टिकट खरिद गरेको र माग अझै बढिरहेको फिफाले जनाएको छ ।

दुई चरणमा धेरै टिकट बिक्री भएका १० राष्ट्र पनि फिफाले सार्वजनिक गरेको छ । जसमा छिमेकी राष्ट्र भारत पनि परेको छ ।

यस्तै, क्यानडा, आयोजक कतार, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, साउदी अरेबिया, स्पेन, युएई र अमेरिका बढी टिकट किन्ने शीर्ष १० मा परेका छन् ।

समूह चरणमा अर्जेन्टिनाका तीनवटै खेल र इंग्ल्याण्डविरुद्ध अमेरिकाको खेलको बढी टिकट बिक्री भइएको बताइएको छ ।

विश्वकप २१ नोभेम्बरदेखि सुरु हुँदैछ ।

यी उत्कृष्ट खेलाडी जो यो वर्ष विश्वकपको महासंग्राममा उत्रन पाउने छैनन्