NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
विश्वकपबारे अनुमान

यस्तो अवस्थामा मात्रै मेसीको अर्जेन्टिना फाइनलमा पुग्न सक्छ : हेनरी

काठमाडौ । कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल आउन अब चार महिनामात्र बाँकी छ । यस्तोमा, फुटबल पण्डित, समर्थक र पूर्वखेलाडीहरूले विश्वकपबारे विभिन्न अनुमान गरिरहेका छन् ।

यसैबीच, सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दाका एक सदस्य थियरी हेनरीले पनि आमागी नोभेम्बर २१ देखि सुरु हुन लागेको विश्वकपबारे आफ्नो धारणा राखेका छन् ।

हालै स्काई स्पोर्ट्समा फुटबल पण्डितको भूमिका निभाइरहेका हेनरीले साविक विजेतासमेत रहेको फ्रान्सले यो पटकको विश्वकप पनि जित्ने दाबी गरेका छन् । करिम बेन्जेमा र केलियन एम्बाप्पेसहितको टोली फ्रान्स विश्वकपको प्रमुख दाबेदार रहेको उनले बताएका छन् ।

Kylian Mbappe leaves Lionel Messi in his wake as a World Cup changing of the guard unfolds before our eyes | The Independent | The Independent

यसअघि रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्स र लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना भिडेका थिए । फ्रान्स समूह सीको विजेता र अर्जेन्टिना समूह डीको उपविजेताको रुपमा अन्तिम १६ मा भेट भएका थिए । सो खेल फ्रान्सले ४–३ ले जित्दै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई अन्तिम १६ बाटै घर फर्काएको थियो ।

यो पटक पनि यस्तै नतिजा दाहोरिने सम्भावना रहेको हेनरीले बताए ।

किनकि, योपटक अर्जेन्टिना समूह सीमा छ भने फ्रान्स समूह डीमा छ । यदि यी दुई टोलीमध्ये एक समूह विजेता र अर्को समूह उपविजेता भएको खण्डमा अन्तिम १६ मै भेट हुने पक्का छ ।

फ्रेन्च टोलीको सर्वाधिक गोलकर्तासमेत रहेका हेनरीले यदि फ्रान्स र अर्जेन्टिना अन्तिम १६ मै भेट भए पुरानै नियति दोहोरिने बताए । फ्रान्सले अर्जेन्टिनालाई सजिलै हराउने उनको दाबी छ ।

French team - The complete calendar of the Blues in 2022 - US Sports

फ्रान्समा भेट्रान र युवा खेलाडीको मिश्रण भएकाले उसलाई हराउन जुनसुकै टिमलाई पनि गाह्रो हुने हेनरीले बताए ।

‘पछिल्लो समयमा फ्रान्स लयमा छैन । यद्यपि, विश्वकपसम्म यो सुधार हुनेमा म विश्वस्छ छु । अहिले टोलीमा नयाँ र प्रतिभाशाली खेलाडी तयार छन् । यसर्थ, यस टोलीले फेरि पनि विश्वकप जित्दैन भनेर म शंका गर्दिन,’ उनले भनेका छन् ।

यदि, दुवै टोली समूह विजेता भएर अन्तिम १६ मा भेट नभएमा भने मेसीको टोली अर्जेन्टिना फाइनलसम्म जानसक्ने हेनरीको भनाइ छ । ‘तर, यो बीचमा पनि अर्जेन्टिनाको फ्रान्ससँग भेट हुनु भएन,’ उनले थपे ।

यदि, फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेमा फ्रान्सले नै जित्ने हेनरीको दाबी छ ।

बार्सिलानोमा रहँदाका मेरा सहकर्मी मेसीको टोली अर्जेन्टिनाले विश्वकप जितेमा मलाई खुसी नै लाग्छ । तर, त्यो फ्रान्ससँग फाइनलमा भेट भएमा सम्भव छैन,’ हेनरीले भने ।

विश्वकप जित्ने कसको सम्भावना कति ? हेरौं ताजा सर्वेक्षण !