NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

युनाइटेड छोड्ने मनस्थितिमा पुगेका रोनाल्डोलाई ठूला क्लबले बेवास्ता गरेपछि…

काठमाडौं । पोर्चुगिज राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई युरोपियन च्याम्पियन्स लिगका बादशाह मानिन्छन् । उनी सर्वाधिक पाँचपटक च्याम्पियन्स लिग जित्ने खेलाडी हुन् । साथै, उनीसँग सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्नेलगायत थुप्रै कीर्तिमान छन् च्याम्पियन्स लिगमा ।

उनै रोनाल्डोसम्मिलित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड भने यो वर्ष च्याम्पियन्स लिगमा छनोटसमेत हुन सकेन । च्याम्पियन्स लिग जिताउन भनेरै गत वर्ष इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका रोनाल्डो जतिबेला स्तब्ध भए उतिबेला आफ्नो टोलीलाई सो प्रतियोगितामामा छनोट नै गराउन सकेनन् ।

पाँच पटकका बालेन डी’ओर विजेता रोनाल्डोको युनाइटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।

यद्यपि, च्याम्पियन्स लिगमा स्थान बनाउन नसकेकै कारण सम्झौता नसकिँदै रोनाल्डोले युनाइटेड छोड्ने मनस्थिति बनाइसकेका थिए । उनी टोलीको प्रि–सिजन टुरमा समेत गएका थिएनन् ।

तर, ३७ वर्षीय रोनाल्डोलाई २०२२–२३ को सिजन च्याम्पियन्स लिग खेल्ने युरोपका ठूला क्लबले अनुबन्ध गर्न लागि चासो देखाएनन् । यसले गर्दा निराश भएका रोनाल्डो पुनः युनाइटेड नै फर्कन बाध्य भएका छन् ।

May be an image of 5 people and people standing

रोनाल्डो स्पेनिस क्लब रायो भालेकानोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा फर्किएका हुन् ।

ओल्ड ट्राफोर्डमा आइतबार हुने मैत्रीपूर्ण खेलका लागि पोर्चुगिज फरवार्ड रोनाल्डो टोलीमा अटाएका छन् । उनी मैत्रीपूर्ण खेलअघि टोलीको प्रशिक्षणमा समेत सामेल भएका छन् ।

जर्मन सुपर कप : बायर्नले १० औँ पटक जित्दा कसले कतिपटक जितेका छन् ?

 

 

ताजा अपडेट

नेपालवाच विशेष