NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौंमा चिनियाँ नागरिक अपहरित

काठमाडौं । काठमाडौंमा एक चिनियाँ नागरिक अपहरणमा परेका छन् । उनी बुधबार साँझ अपहरणमा परेका हुन् ।

तत्कालै खोजी गरेर अपहरणमा संग्लग्न ६ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सबै नेपाली रहेको बताइएको छ ।

चिनियाँ नागरिकलाई अपहरण गरेर उनीहरूले नयाँ बसपार्क क्षेत्रमा राखेका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले सोही क्षेत्रबाट पक्राउ गरेको हो ।

पैसाका लागि अपहरण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अपहरणपछि अपहरणकारीहरूले एक करोड रुपैयाँ फिरौटी मागेको प्रहरीको भनाइ छ ।

राजदूत यान्छीले भनिन्, ‘ताइवान मामिलामा नेपालले चीनको पक्ष लिनेमा विश्वस्त छु’