NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्तो छ ४ मंसिरको चुनावका लागि सत्तारुढ दलले गरेको तालमेलको सहमति

काठमाडौं । सत्तारुढ पाँच दलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले यस्तो तालमेल गरी अगाडि बढ्ने निर्णय गरेका हुन् ।

उनीहरूले कार्यदल बनाएर भदौको पहिलो सातासम्ममा तालमेलको सबै काम टुंग्याउने समझदारी पनि गरेका छन् । तालमेल एमालेविरूद्द गर्न लागेका हुन् ।

सहमतिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

आगामी मंसिर ४ मा हुने १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभामा पनि मिलेर लड्ने समझदारीमा सत्तारूढ पाँच दल पुगेका हुन् ।

तर १६५ क्षेत्रको चुनावी तालमेल गठबन्धन दलको लागि निक्कै सकसपूर्ण हुने देखिन्छ ।कांग्रेस ६० प्रतिशत अर्थात झण्डै एक सय सिट पाउनुपर्ने अडानमा  माओवादीले कम्तिमा ५०, नेकपा एसले ४० सिटमा दाबेदारी गरेका छन् । यी दाबीकाबीच कार्यदलले तालमेलकाे विषय मिलाउने बताइएकाे छ । कार्यदल ९ सदस्यीय हुने बताइएकाे छ ।

No description available.

भदौको पहिलो साताभित्रै सत्तारुढ दलले चुनावी तालमेलको काम टुंग्याउने

सत्तारुढ दलबीच १६५ सिटमा तालमेल हुँदा कुन दलले कति सिट पाउँदैछन् ?