NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते
कार्यदलको बैठक

कांग्रेसले लोसपा र माओवादीले नेसपाको नाम लिए, सत्ता गठबन्धन सातदलीय हुने संकेत

काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धन अब सातदलीय हुने संकेत देखिएको छ । सोमबार बसेको गठबन्धन कार्यदलको बैठकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी (नेसपा)लाई पनि समेट्नेबारे छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोसपा र माओवादी केन्द्रका नेता वर्षमान पुनले नेसपाबारे कुरा उठाएको कार्यदलका एक सदस्यले बताए ।

लोसपाले सरकारलाई समर्थन जनाइरहे पनि गठबन्धनमा सहभागी भने भएको छैन । यसैगरी, जसपाबाट असार अन्तिम साता भट्टराई समूहले भने गठबन्धनमा सहभागी हुने निर्णय गरिसकेको छ ।

यी दुवै दल जसपाबाटै फुटेका हुन् । भट्टराई माओवादीबाट अलग भएर नयाँ शक्ति हुँदै जसपा पुगेका थिए ।

सोमबार बसेको कार्यदलको पहिलो बैठकले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई संयोजक बनाउने निर्णय गरेको थियो ।

गठबन्धनको सिट बाँडफाँट गर्ने कार्यदलले संयोजक तोक्यो