NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी हुन् विभूषणका लागि प्रधानमन्त्री सचिवालयको चासोमा परेका निजामती कर्मचारी

काठमाडौं । राष्ट्रपतिबाट वितरण हुँदै आएको विभूषणका लागि प्रधानमन्त्रीकाे सचिवालयले यो वर्ष २७ जना कर्मचारीको नाम सिफारिस गरेकाे छ ।

हाल संविधान दिवसका अवसरमा राष्ट्रप्रमुखबाट विभूसित गर्नका लागि विवरण संकलन भइरहेको छ । त्यसमध्ये निजामतीतर्फ २७ जनाकाे नाम प्रधानमन्त्रीकाे सचिवालयकाे विशेष दबाबमा पठाइएकाे सचिवालय स्राेतले नेपालवाचलाई बतायो ।

गृह मन्त्रालयमा पठाइएको यो सूचीका व्यक्तिहरूमाथि प्रधानमन्त्री कार्यालयको विशेष रूची रहेको सचिवालय स्रोतकाे भनाई छ ।

हरेक वर्ष संविधान दिवसको अवसरमा वितरण हुँदै आएको यो विभूषण प्राप्तिका लागि विभिन्न मन्त्रालय तथा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको नाम सिफारिसमा परेको हाे ।

सिफारिसमा पर्नेमा मुख्यमन्त्री कार्यालय कर्णालीका सहसचिव शंकर केसी, सिचाइँ जलस्रोत तथा उर्जा मन्त्रालयका उपसचिव मुकेश पाठक, प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव वीरेन्द्रबहादुर थापा र स्वकीय उपसचिव तेजराज भण्डारी छन् ।

त्यस्तै, सामान्य प्रशासन मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापा, शिक्षा मन्त्रालयका उप सचिव विजयराज सुवेदी, गन्यापुरा गाउँपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत दीलिपकुमार तामाङ, गाउँपालिकाकै सब इन्जिनियर अंकिलाल भट्ट सिफारिसमा परेका छन् ।

त्यस्तै, यातायात कार्यालय चाबहिलका कम्पुटर अधिकृत सञ्जीव सिंखडा, पर्शुराम नगरपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरू, नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक हरिओम अर्यालको नाम सिफारिस भएको छ ।

विभूषणका लागि प्रधानमन्त्रीको कार्यालयका शाखा अधिकृत श्यामकुमार खड्का, डोटीका खड्कबहादुर शाह, संसदीय दलका अधिकृत रामकृष्ण श्रेष्ठ, प्रम कार्यालयका अधिकृत श्यामप्रसाद ओझा, कम्पुटर अपरेटर विष्णु बराल, सहरी विकास मन्त्रालयकी कम्पटर अपरेट सिर्जना लामिछाने, अर्थ मन्त्रालयका कम्पुटर अपरेटर नीरज भुसाल रहेका छन् । त्यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवालयका नासु लालबहादुर ऐर पनि सिफारिसमा परेका छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका सहयोगीहरू मणिराम खड्का, लक्ष्मी कार्की, वीरेन्द्र क्षेत्री, शर्मिला नेपाली, सविना थापा मगर, कल्पना खतिवडा, कृष्णगोविन्द महर्जन र बिना थापा मगरको नाम विभूषणका लागि सिफारिस भएको छ ।

 

हेरौं सूची :

सरकारले दिने विभूषणका लागि सिफारिस हुनेमा को–को छन् ?

ताजा अपडेट

नेपालवाच विशेष