NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

विश्वकप तयारीका लागि अर्जेन्टिनाले बल्ल पायो प्रतिद्धन्द्धी

काठमाडौं । कतार विश्वकप सुरु हुन अब तीन महिनामात्र बाँकी छ । यस्तोमा विश्वकपमा खेल्ने हरेकजसो टोली रणनीति बनाउन व्यस्त छन् । यसका लागि उनीहरूले आगामी सेप्टेम्बरमा मैत्रीपूर्ण खेल खेल्नु पर्नेछ ।

यद्यपि, ब्राजिल र मेक्सिकोसँगको खेल रद्द भएपछि अर्जेन्टिना मैत्रीपूर्ण खेलमा लागि प्रतिद्धन्द्धी खोजिरहेको थियो, तर पाएको थिएन । अर्जेन्टिना विश्वकप तयारीका लागि धेरै संघर्षपूर्ण खेल खेल्न चाहँदैन थियो । यसैले ब्राजिलले गरेको खेल रद्द सहजै स्वीकार्यो । यस्तै मेक्सिको पनि सहज प्रतिद्धन्द्धी होइन । फेरि अर्को कुरा अर्जेन्टिना र मेक्सिको विश्वकपमा एउटै समूहमा छन् । यसैले पनि यी दुई टोलीले विश्वकप ड्र हुनुभन्दा अघि तय भएको खेल रद्द गरे ।

ब्राजिल र मेक्सिकोसँगका खेल रद्द भएपछि अर्जेन्टिनाले अमेरिका  र क्यानडाजस्ता तुलनात्मक कमजोर देशसँग मैत्रीपूर्ण खेल खेल्ने विषय बाहिरिएको थियो । त्याे सम्भव भएन । यद्यपि, कन्काकाफ क्षेत्रकै अन्य दुई देशसँग खेल्ने तय भएको छ । विश्वकपमा छनोट नभएका यी दुई टोली अमेरिका र क्यानडाभन्दा पनि कमजोर हुन् ।

अर्जेन्टिनी फुटबल संघले दिएको जानकारीअनुसार अर्जेन्टिनाले सेप्टेम्बरमा अमेरिकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेल २० तारिखमा होण्डुरससँग खेल्नेछ । यस्तै, अर्को खेल २६ तारिखमा जमैकासँग खेल्ने तय भएको छ ।

यसैगरी, नोभेम्बरमा अर्जेन्टिनाले एसियाली टोली युएईसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । अर्जेन्टिनाका लागि युएई झनै सहज प्रतिद्धन्द्धी हो । यो खेल विश्वकप सुरु हुनुभन्दा चार दिनअघि अर्थात १६ तारिखमा हुनेछ । तुलनात्मक तीन कमजोर टोलीसँगको खेलमा अर्जेन्टिनाले विनादबाब खेल्नेछ । विश्वकप रणनीति पनि यिनै खेलबाट तय हुने बताइएको छ ।

किन पटक–पटक रद्द भइरहेछ ब्राजिल र अर्जेन्टिनाबीचको खेल ?