गिरीको निधनप्रति के भने शीर्ष नेताले ?
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति तीन ठूला दलका शीर्ष नेताले शोक व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गिरीलाई बैचारिक र समाजवादी चिन्तक रहेको बताउँदै उनले निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् ।
गिरीको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको उनको भनाइ छ ।
‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरीजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गिरीको निधनले आफू मर्माहत भएको उनले बताएका छन् ।
‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति हुने उनले बताएका छन् ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
गिरीको गएराति निधन भएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया