NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मेरो क्षेत्रबाट महामन्त्री गगनजी चुनाव लड्ने ? यो हुन सक्दैन : अमरेशकुमार सिंह [अन्तर्वार्ता]

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि दलहरूमा धमाधम उम्मेदवार सिफारिसको क्रम चलिरहेको छ । सत्तारुढ दलहरूले यसपटक एमालेलाई हराउन गठबन्धन गरेर चुनाव लड्दैछन् । यसरी चुनाव लड्दा अघिल्लोपटक जितेका ठाउँमा सम्बन्धित दलले नै टिकट लिने उनीहरूको समझदारी छ । जितेका उम्मेदवार धेरै दोहोरिने अवस्था पनि छ । तर उम्मेदवार सिफारिसमा केही अस्वभाविक घटना पनि देखिन थालेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका अमरेशकुमार सिंह निर्वाचित भएको सर्लाही ४ बाट यसपटक गगन थापा उम्मेदवारमा सिफारिस भएका छन् । त्यो पनि एकल रुपमा थापा उम्मेदवारमा सिफारिस भएका हुन् । तर जितेका अमरेश परेनन् । उल्टै स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै अमरेशलाई निलम्बन गरिएको दाबी सर्लाही कांग्रेस सभापतिले गरेका छन् । क्षेत्रबाट एकल रुपमा गगनको मात्रै नाम आएको भन्दै अब जिल्लाले अरु नाम सिफारिस नगर्ने सभापति सुरेन्द्रसिंहको दाबी छ । तर अघिल्लोपटक जितेका सिंहलाई यसलाई अस्वीकार गरेका छन् । यसै उम्मेदवारी सिफारिसबारे अमरेशकुमार सिंहसँग गरिएको छोटो कुराकानी :

तपाईं जितेको नेतालाई उम्मेदवार सिफारिस नगरी गगन थापालाई सर्लाही ४ बाट एकल रुपमा उम्मेदवार सिफारिस गरिएको छ । यसमा तपाईंको के प्रतिक्रिया छ ?

गगनलाई सिफारिस गरिएको होइन, गुटबन्दी भएको हो । म चुनाव जितेको ठाउँमा महामन्त्री गगनको एकल उम्मेदवारी सिफारिस भनेर आइरहेकोछ । मेरो क्षेत्रमा महामन्त्री आएर चुनाव लड्नहुन्छ ? यस्तो हुँदैन । गगन काठमाडौं ४ बाट लड्हुन्छ । दुई ठाउँबाट लड्न हाम्रो संविधानले दिंदैन ।

तर स्थानीय तहको निर्वाचनमा अन्र्तघात गरेको आरोप लगाई तपाईंलाई निलम्बन गरेर गगनको नाम एकल सिफारिस भएको भन्ने छ नी ?

जिल्ला सभापति डाका हो । सभापति सुरेन्द्रप्रसाद सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सजाय पाएका हुन् । सर्वोच्चमा अदालतमा पनि मुद्दा अझै छ । सिंचाईं आयोजनामा सिसौको रुख काटेर बेचेकोमा उनीमाथि मुद्दा लागेको हो । भ्रष्टाचारको मुद्दा लागेकोले संघीय सांसदलाई कारबाही गर्न मिल्छ ? मलाई कारबाही नै गरे पनि केन्द्रले गर्ने हो । जिल्लाले गर्ने होइन ।

जनताको घरघरमा मेरो पहिचान छ । व्यक्तिव्यक्तिले चिन्छन् । नयाँ अनुहारकासँग मेरो जस्तो अनुभव छैन ।

भनेपछि तपाईं निलम्बनमा परेको केही खबर र जानकारी नै छैन ?

छैन । मलाई निलम्बनको केही पत्र वा जानकारी प्राप्त भएको छैन । जिल्लाले निलम्बन र कारबाही गर्न सक्दैन । कारबाही नै गरे पनि केन्द्रले गर्ने हो जिल्लाले होइन ।

तपाईं अघिल्लोपटक सांसदमा जित्नुभयो । तर अहिले सिफारिसमा नपर्ने गरी कसले काम गर्यो भन्ने लाग्छ ?

यो गुटबन्दी हो । शेरबहादुर देउवा गुटले पेलेर यो अवस्था ल्याएका हुन् । म शेखरको गुटको हुँ ।

जुट गुटको भए पनि तपाईंलाई निलम्बन गर्दा त यही पार्टीबाट उम्मेदवार बन्ने अवस्था नआउला नि ?

यो ठाउँमा जित्ने नै मैं हुँ । तीनवटा चुनाव लडें, जितें पनि । यसपटक पनि टिकट पाएर पक्का जित्छु । यसमा ढुक्क भए हुन्छ । मबाहेकको कुनै उम्मेदवार उठेर यो क्षेत्रमा जित्न सक्दैनन् ।

भ्रष्टाचारको मुद्दा लागेको जिल्ला सभापतिले संघीय सांसदलाई कारबाही गर्न मिल्छ ? मलाई कारबाही नै गरे पनि केन्द्रले गर्ने हो । जिल्लाले गर्ने होइन

भनेपछि कांग्रेसबाट टिकट पाउनेमा अझै ढुक्क हुनुहुन्छ ?

हो कांग्रेसबाट टिकट पाउनेमा म ढुक्क छु । म बाहेक अर्को यो क्षेत्रमा लड्न तयार पनि छैनन् । जित्दा पनि जित्दैनन् । किनकी म तीनपटक संघको चुनाव लडेर जितेको अनुभव भएको नेता हुँ । जनताको घरघरमा मेरो पहिचान छ । व्यक्तिव्यक्तिले चिन्छन् । नयाँ अनुहारकासँग मेरो जस्तो अनुभव छैन ।

कांग्रेसबाट निलम्बनमा परेर टिकट नपाउने अवस्थामा अर्को पार्टी वा स्वतन्त्रबाट चुनाव लड्नहुन्छ ?

मलाईं अहिलेसम्म कसैले निलम्बन र कारवाही गरेको छैन । यसैले अर्कोतिर लाग्ने चुनाव उठ्ने भन्ने कुरै आउँदैन । त्यतातिर लाग्नुपर्ने अवस्था नै छैन । यसपटक पनि टिकट पाएर पक्का जित्छु । यसमा ढुक्क भए हुन्छ । मबाहेकको कुनै उम्मेदवार उठेर यो क्षेत्रमा जित्न सक्दैनन् । जनताको घरघरमा मेरो पहिचान छ । व्यक्तिव्यक्तिले चिन्छन् । नयाँ अनुहारकासँग मेरो जस्तो अनुभव छैन । भ्रष्टाचारको मुद्दा लागेको जिल्ला सभापतिले संघीय सांसदलाई कारबाही गर्न मिल्छ ? मलाई कारबाही नै गरे पनि केन्द्रले गर्ने हो । जिल्लाले गर्ने होइन ।

सर्लाही ४ बाट जितेका अमरेशलाई झट्का दिंदै गगन थापा यसरी बने सर्वसम्मत उम्मेदवार