NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पर्यटनमन्त्रीको निष्कर्ष : सुरक्षागार्डले गल्ती महशुस गरिसके, अब रिहा गर्दा हुन्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सुरक्षागार्ड शेरजंग गुरुङलाई रिहा गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन् ।

गत भदौ १७ मा ठमेलको छायाँ सेन्टरस्थित भिएफएसको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई सर्वसाधारण झैं लाइनमा बस्न आग्रह गर्दा उनी गुरुङमाथि जाइलागेका थिए ।

क्यानडामा हुने कार्यक्रममा सहभागी हुन भिसाका लागि बायोमेट्रिक दिन पुगेका उनलाई सुरक्षागार्ड गुरुङले लाइन बस्न आग्रह गर्दा यस्तो व्यवहार देखाएका हुन् ।

मन्त्रीको हैकम देखाएर लाइन मिच्न खोजेपछि गुरुङले उनलाई रोके । तर, फलस्वरूप अभद्र व्यवहार गरेको आरोप लगाउँदै गुरुङलाई नै पक्राउ गर्न लगाइ उनीमाथि अनुसन्धान सुरू गरिएको थियो ।

नियम पालना नगरी उल्टै नियम पालना गराउनेमाथि जाइलाग्ने भनेर चौतर्फी आलोचना भएपछि मन्त्री श्रेष्ठले उनलाई रिहा गर्न आदेश दिएका हुन् ।

सोमबार एक विज्ञप्ति नै जारी गरी गुरुङले प्रहरी समक्ष गल्ती महशुस गरिसकेकाले निजलाई रिहा गर्न आदेश दिएका हुन् ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले पनि सुरक्षागार्ड गुरुङलाई रिहाइ गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन् ।

पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन