NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रहरी हिरासतमा रहेका सुरक्षागार्डको रिहाइको माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रहरी हिरासतमा पुर्याएका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङको रिहाइ माग्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

उनकी श्रीमती लक्ष्मी गुरूङले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दिएकी हुन् ।

शेरजंगकी श्रीमतीले रिट दायर गरेको र त्यो प्रक्रियामा आफूहरूले सहयोग गरेको गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीले जानकारी दिए ।

गत भदौ १७ मा ठमेलको छायाँ सेन्टरस्थित भिएफएसको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई सर्वसाधारण झैं लाइनमा बस्न आग्रह गर्दा उनी गुरुङमाथि जाइलागेका थिए ।

क्यानडामा हुने कार्यक्रममा सहभागी हुन भिसाका लागि बायोमेट्रिक दिन पुगेका उनलाई सुरक्षागार्ड गुरुङले लाइन बस्न आग्रह गर्दा यस्तो व्यवहार देखाएका हुन् ।

मन्त्रीको हैकम देखाएर लाइन मिच्न खोजेपछि गुरुङले उनलाई रोके । तर, फलस्वरूप अभद्र व्यवहार गरेको आरोप लगाउँदै गुरुङलाई नै पक्राउ गर्न लगाइ उनीमाथि अनुसन्धान सुरू गरिएको थियो ।

पर्यटनमन्त्रीको निष्कर्ष : सुरक्षागार्डले गल्ती महशुस गरिसके, अब रिहा गर्दा हुन्छ

ताजा अपडेट

नेपालवाच विशेष