NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्ड रिहा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् । लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड गुरुङ सोमबार थुनामुक्त भएका हुन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

गृहमन्त्री बालकृष्ण खाणको आदेशका आधारमा गुरुङलाई रिहामुक्त गरिएको बताइएको छ ।

गत भदौ १७ मा ठमेलको छायाँ सेन्टरस्थित भिएफएसको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई सर्वसाधारण झैं लाइनमा बस्न आग्रह गर्दा उनले सुरक्षागार्ड गुरुङलाई थुनाएका थिए ।

प्रहरी हिरासतमा रहेका सुरक्षागार्डको रिहाइको माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट