NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सन्दीपलाई इन्टरपोलको सहयोगले पक्राउ गर्ने तयारीमा नेपाल प्रहरी

काठमाडौं । एक १७ वर्ष ७ महिनाकी किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको छ ।

गत भदौ २३ मा सामाजिक सञ्जालमा लेख्दै आफू नेपाल फर्कने बताए पनि सन्दीप अझै आइपुगेका छैनन् । उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान)को पनि सम्पर्कमा नरहेको बताइएको छ ।

आफैं नआएकाले सन्दीपलाई इन्टरपोलको मद्दतले पक्राउ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

जमैकामा रहेका सन्दीपले नेपाल आउने टिकट काटिसकेका थिए । तर, फेरि टिकट रद्द गरेर उनी गुमनाम रहेका छन् । उनी सिंगापुरमा रहेको बताइएको छ । तर, आधिकारिक पुष्टि भएको छैन ।

सन्दीपलाई आरोप लगाउने किशोरी नेपालको कानुनअनुसार नाबालिग हुन् । यदि, ती किशोरीसँग सन्दीपले सहमतिमै शारीरिक सम्बन्ध राखेको भए पनि उनी जेल जानुपर्ने हुन सक्छ ।

जमैकाबाट बेपत्ता भएका सन्दीप कहाँ के गर्दैछन् भन्नेबारे नयाँ खुलासा !