NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बलिउडका कलाकारहरूले राजु श्रीवास्तवको निधनप्रति के भने ?

काठमाडौं । भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको निधनप्रति बलिउडका कलाकारहरूले दुःख व्यक्त गरेका छन् ।

उनीहरूले श्रीवास्तवको निधनको खबरले आफूहरू मर्माहत भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

ऋतिक रोशन, अजय देवगण, रविना टण्डन, राजपाल यादवलगायत कलाकारले मनोरञ्जनको क्षेत्रमा उनले गरेको योगदान आफूहरूले कहिल्यै नबिर्सने बताएका छन् ।

हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

करिब एक महिनाअघि हृदयाघात भएपछि नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स)मा उपचार भइरहेकोमा बुधबार उनको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो ।

राजु श्रीवास्तवलाई मनोज गजुरेलले यसरी सम्झिए